आगलागीबाट धनमाल क्षति

 
भक्तपुर । भक्तपुर र मोरङमा भएको छुट्टाछुट्टै आगलागीबाट करिब ६ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । भक्तपुर सुर्यबिनायक नगरपालिका ६ धलातेचोकस्थित यादब तिमिल्सिनाको ३ तले पक्की घरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा बा.६७ प ५०८३ नम्बरको मोटरसाइकल जलेर करिब ३ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल क्षती भएको छ । 
त्यसैगरी मोरङ सुन्दरहरैचा नगरपालिका ६ दुलारी बस्ने उमाकान्त कोईरालाको १ तले कच्ची घरमा बिजुलीको तार सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु