बस दुर्घट्नामा एकको मृत्यु, २५ घाइते

 
 
कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा बिहिवार भएको सडक दुर्घट्नामा एकको मृत्यु भएको छ । घट्नामा परी २५ जना घाईते भएका छन् । कावासोतीमा बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको घट्नास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका हुन् । 
काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते २५ मध्ये चारको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार,  घाइते दुईको भरतपुर, दुईको बुटवल र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । करीब ३५ जना यात्रु सवार रहेको बस सडकदेखि २५ मिटर तल खसेको थियो .



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु