पानीमा डुबेर दुई बालबालिकाको मृत्यु

 
 भक्तपुर । भक्तपुर र तेह्रथुममा पानीमा डुवेर दुई बालबालिकाको ज्यान गएको छ । भक्तपुरको चागुँनारायण नगरपालिका ८ सुडालस्थित सरस्वती ईट्टा भट्टामा ईट्टा बनाएको पोखरीमा डुवेर मंगलवार दिउँसो सोहि भट्टामा कार्यरत मजदुरका तीन वर्षिय छोराको ज्यान गएको हो । ईट्टा बनाउन बनाइएको पोखरीमा डुवेर काभ्रेको नमोबुद्ध नगरपालिका ४ घर भई हाल सोही ईट्टा भट्टामा काम गर्ने सुमन तामाङको छोरा निरज तामाङको मृत्यु भएको हो । 
डुवेर घाईते भएक तामाङलाई उपचारका लागी सिद्धि स्मृति अस्पताल भक्तपुर लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । इँटा बनाउनका लागि इँटा भट्टा संचालकले वरिपरि बार समेत नहाली लापर्वाही तरिकाले एउटै भट्टामा १० वटासम्म ठूलो सानो खाल्डो बनाउँने गर्दा वर्षेणी खाल्डोमा डुबेर बालकको ज्यान जाने गरेको प्रहरीको भनाई छ । घट्नाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको र शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ । 
उता तेह्रथुमको म्याङलुङ नगरपालिका ७ लाप्चाङ टोल बस्ने सप्तरी बलन बिहुल गाउँपालिका २ का वीरेन्द्र साहको ३ वर्षीया छोरी एतिका साहको पोखरीमा डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित कैलासकुमार खत्रीको अलैची भिजाउन बनाएको पोखरीमा खेल्ने क्रममा डुबेकी साहको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु