नक्कली कागजात बनाउने पक्राउ

 
 
काठमाडौं । सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतका सरकारी कागजात किर्तेगरी नक्कली बनाउँने एक जना पक्राउ परेका छन् । सक्कलीकोे नाम हटाई नक्कली नाम र मिति राखी विभिन्न प्रयोजनका सरकारी कागजात बनाउने कार्यमा संलग्न भएको भन्दै प्रहरीले काभ्रे घर भई काठमाडौं तारकेश्वर बस्ने विपुन श्रेष्ठलाई पक्राउ गरेको हो । 
काठमाडौं तारकेश्वर ११ मनमैजुमा रहेको उग्रचण्डी साईवरमा नक्कली कागजात बनाउने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले साईबर जाँच गर्दा नक्कली कागजात बनाएको अवस्थामा फेला पारी श्रेष्ठलाई पक्राउ गरेको हो । साथै साईबरबाट नक्कली सर्टिफिकेट लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी प्रिन्टर, पेनड्राईभ र तयारी अवस्थामा रहेको नक्कली कागजातहरु  समेत प्रहरीले बरामद गरेको जनाएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु