भूकम्पले चर्काएको घर भत्किँदा वृद्धको मृत्यु

 
नुवाकोट । नुवाकोटमा भूकम्पले चर्काएको घर भत्किंदा एक वृद्धको ज्यान गएको छ । जिल्लको बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा मंगलवारराति घर भत्किंदा ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार, घर भत्किँदा च्यापिएर वृद्धको ज्यान गएको हो । तामाङ बाहेक परिवारका अन्य सदस्य टहरामा बस्दै आएका कारण उनीहरुको ज्यान जोगिएको बताइएको छ । नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु