सवारी दुर्घटनामा एकको मत्यु

 
भक्तपुर । भक्तपुरमा आज भएको सडक दुर्घट्नामा एक जनाको ज्यान गएको छ । मध्यपुर थिमी नगरपालिका–२ सानोठिमीस्थित डिभिजन वन कार्यालय नजिकैको ओरालोमा आज दुई वटा मोटरसाइकल एकापसमा ठोकिएर सो दुर्घट्ना भएको प्रहरीले जनाएको छ । पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा७४प ५५३ नंको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश–३–०२–००२ प ६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा लडेर विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।
मोटरसाइकल सडकमा लडेकै बखत विपरीत दिशातर्फबाट आउँदै गरेको बा.२.ख ४८६८ नंको बसले समेत ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे देउपुर–३ घर भई हाल मध्यपुर–९ बोडे बस्ने २४ वर्षीय सन्तोष राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशील पाण्डेका अनुसार, प्रहरीले सवारी साधनसहित मोटरसाइकल चालक काठमाडाँै महानगरपालिका–३२ पेप्सीकोला बस्ने २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बस चालक सिन्धुपाल्चोक बलेफी–३ घर भई हाल पुरानो थिमी बस्ने २४ वर्षीय ताराबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । 
भक्तपुरमा करेन्ट लागेर मृत्यु
त्यसैगरी भक्तपुर नगरपालिका गोलमढीमा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सूर्यविनायक नगरपालिका–८ आदर्शचोक बस्ने ४२ वर्षीय गोविन्दप्रसाद छुक्का रहेका छन् । प्रहरीका अनुसार गोलमढीस्थित केशव कवाको घरको माथिल्लो तल्लामा बिजुली मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका छुक्काको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु