हावाहुरी प्रभावितलाई सुर्यविनायक नगरपालिकाले तीन रुपैयाँ दिने

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकाले बारा र पर्साका हावाहुरीबाट प्रभािवत परिवारलाई तीन लाख रुपैयाँ राहत सहयोग दिने भएको छ ।

नगर कार्यपालिकाको निर्णय अनुसार राहत उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा नगरपालिकाले तनि लाख रुपैयाँ जम्मा गरिनेछ । बारा र पर्सामा गएको चैत १७ गते साँझ आएको हावाहुरीका कारण २९ जनाको ज्यान गएको थियो भने करोडौँको क्षति भएको थियो । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु