श्रोत नखुलेको ११ लाखसहित दुई जना पक्राउ

 
बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ बैरियास्थित सिमा ईलाकाबाट स्रोत नखुलेको १० लाख ९६ हजार ६ सय २५ रुँपैयासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको करैयामाई गाँउपालिका ८ नरही बस्ने २६ वर्षीय सद्दाम अन्सारी र सोही ठाँउ बस्ने १८ वर्षीय आकी थिजिज साह छन् । 
ना. ४४ प ३०४७ नम्वरको मोटरसाईकलमा सवार उनीहरु भारतबाट नेपालतर्फ आँउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपातीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा सो रकम फेला पारिएको हो । एपीएफ टोलीले निजहरुले प्रयोग गरेको मोटरसाइकल, दुई वटा मोवाईल फोन, एउटा पेनड्राईभ तथा विभिन्न बैङ्कको भौचर समेत बरामद गरेको छ । 
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
उता पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नं. १६ बाट जेठ ६ गते एपीएफ टोलीले करीब २ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा चोरीनिकासीको मरिच बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म (राजश्व तथा भन्सार गस्ती सुरक्षा) पर्साबाट खटिएको एपीएफ टोलीले सो सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । 
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दार्चुला नम्बर ५० गुल्मबाट खटिएको एपीएफ टोलीले दार्चुला जिल्लाको मालिका अर्जुन गाँउपालिका वेत भन्ने स्थानबाट जेठ ६ गते करीब १ लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिडी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको चार सय बण्डल बिडी बरामद गरिएको हो । बरामद बिडी आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।  



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु