जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

 
भक्तपुर । भक्तपुरबाट तास खेल्ने छ जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका ५ कमलबिनायकस्थित रामेछाप चुनापट्टी गाउँपालिका ४ घर भएका ४९ वर्षीय डम्बर बहादुर लामाको खाजा पसलबाट उनीहरु पक्राउ परैका हुन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका लामा समेत ६ जनाबाट नगद ६ हजार २ सय ९० रुपैयाँ र १ बुक तास बरामद भएको प्रहरी महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
रकम ठगी गरी फरार रहेका अभियुक्त पक्राउ  
उता पर्सामा  ५ करोड ७७ लाख रुपैयाँ ठगी गरी फरार रहेका वीरगंज छप्कैयास्थित एसिया मेडिकेयर हस्पिटल प्रालिका संचालक पक्राउ परेका छन् । बारा कलैया घर भई वीरगंज महानगरपालिका २ बस्ने २८ वर्षीय सुरज कुमार सर्राफलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । विभिन्न मितिमा व्यक्ति तथा संस्थासँग रकम ठगी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यसैगरी १० लाख रकम ठगी गरी फरार रहेका पर्सा वीरगंज महानगरपालिका १० बस्ने नितेश सर्राफलाई प्रहरीले पक्राउ गरेको छ । उनले वीरगंज महानगरपालिका ३ बस्ने रामकेवल मण्डलबाट रकम लिई ठगी गरी फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु