उद्योगको भवन बनाउने क्रममा तीन मजदुरको मृत्यु

 
दाङ । दाङमा घर बनाउँने क्रममा बिम भांचिदा तीन मजदुरको ज्यान गएको छ । लमही नगरपालिका–७ कमानपुरस्थित सम्राट सिमेन्ट कम्पनीको नयाँ भवन बनाउने क्रममा बिम भत्किँदा ३ जनाको मृत्यु भएको हो । शनिवार मृत्यु हुनेहरुमा भारत झारखण्ड बस्ने ४५ वर्षीय मंगल केस्यप, २२ वर्षीय दयाल हेरेन्द्र खुट्टा र ४६ वर्षीय लाल केस्यप रहेका छन् ।
निर्माणाधिन भवनको बिम भत्किँदा ५ जना कामदार घाइते भएकामा उपचारका क्रममा तीन जनाको ज्यान गएको हो । अन्य दुई जनाको  फोलोरेन्स अस्पताल लमही दाङमा उपचार भइरहेको छ । सो घट्नाको जानकारी पाए लगत्तै भन्ने ईलाका प्रहरी कार्यालय अमेलियाबाट खटिएको प्रहरीले घाइतेहरुलाई उद्धार गरी उपचारको लागि अस्पताल पठाएको थियो । घट्नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु