स्कुटर दुर्घटनामा परेर दुई प्रहरी घाइते


भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटनामा परेर २ प्रहरी घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी नायब निरिक्षक श्याममणी पोखरेल र प्रहरी सहायक निरिक्षक शमसेर श्रेष्ठ रहेका छन् । शनिवार बिहान ८ बजे बा २ ब २१४५ नम्बरको स्कुटर दुर्घट्नामा पर्दा उनीहरु घाइते भएका हुन् । घाइते दुवैको महाराजगञ्ज स्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु