खाली हुँदै काठमाडौँ उपत्यका, दशैँकालागि १० दिनमा १० लाख बाहिरिए

काठमाडौं । टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरिएका छन् ।

दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएका छन् ।

त्यस्तै यात्रुसँग बढी भाडा लिने २०८ जनालाई कारवाही गरिएको छ । –कान्तिपुर दैनिकबाट



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु