सूर्यविनायक नगरपालिकाद्धारा टोल-टोलमा कन्ट्रयाक ट्रेसिङ्ग सुरु

भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न भक्तपुरको सूर्यविनायक नगरपालिकाले टोलटोलमा कन्ट्रयाक ट्रेसिङ्ग सुरु गरेको छ । सोमबार सूर्यविनायक चोकमा स्वाब संकलन गर्दै नगरपालिकाले अभियान सुरु गरेको नगरप्रमुख बासुदेव थापाले जानकारी दिएका छन् । नगर प्रमुख थापाले  पछिल्लो समयमा अधिक संख्यामा कोरोना भाइरस सङ्क्रमण भएका जोखिम युक्त क्षेत्रको पहिचान गर्दै पीसीआर परीक्षणको दायरा फराकिलो पार्दै लगेको बताए ।  जोखिम युक्त वडा र टोलको पहिचान गरी नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरी टोल टोलमा स्वाब संकलन सुरु गरेको हो । वडा नं. ६ र ८ का कन्ट्रयाक ट्रेसिङ्गमा रहेका प्रहरीसहित ५५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाएको छ ।
भदौं १५ 
 



प्रतिक्रियाहरु