वेवारिशे अवस्थामा भरुवा बन्दुक फेला

 
दोलखा । दोलखाबाट एक बेवारिस भरुवा बन्दुक फेला परेको छ । जिल्लाको भिमेश्वर नगरपालिका ६ घोडेढुंगास्थित खोरथली सामुदायिक बनको ठुलो ढुङगाको ओडारमा वेवारिशे अवस्थामा रहेको भरूवा बन्दुक बुधबार दिउसो प्रहरीले फेला पारेको हो । लुकाईछिपाई राखेको सो बन्दुक जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीले बरामद गरेको जनाइएको छ । सो बन्दुक कस्ले किन राख्यो भन्ने विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 
 
 
उता प्युठानको झिमरुक गाउँपलिका ६ दहखोला घर भई स्वर्गद्धारी नगरपालिका २ डेरा गरी बस्ने २३ वर्षीया सुशिला केसीको साथबाट बुधबार दिउँसो नगद ३ लाख १२ हजार रुपैयाँ लुटपाट भएको छ । स्वर्गद्धारी नगरपालिका २ खालमा रहेको सूर्यदय लघु सहकारी संस्थाका कर्मचारी केसीले सोही नगरपालिकाका महिला समूहबाट उक्त नगद संकलन गरी संस्थामा बुझाउन जाँदै गरेको अवस्थामा स्वर्गद्धारी नगरपालिका २ नयाँगाउ तिम्लेचौर भन्ने जंगलमा २ जना अपरिचित व्यक्तिले उक्त नगद लुटपाट गरी फरार भएको बताइएको छ । लुटपाटमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 



प्रतिक्रियाहरु