डिउटीका प्रहरीमाथि हातपात गर्ने खोरमा

 
 
 
उदयपुर । उदयपुरको कटारीमा डिउटीमा खटिएको प्रहरीमाथि हातपात गर्ने चार जना प्रहरी खोरमा परेका छन् । कटारी नगरपालिका ६ स्थित बिहीबारे भन्ने स्थानमा डिउटीमा खटिएको प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार गरेको अभियोगमा सोही नगरपालिका ७ बस्ने २२ वर्षीय प्रदिप तामाङ समेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 
सो स्थानमा हो हल्ला गरी बसेका उनीहरु समेत ५ जनालाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीले सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथी बियरको बोतल र बाँसको भाटाले प्रहार गर्दा ३ जना प्रहरी घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल लगिएको छ ।  साथै घटनामा संलग्न अन्य १ जना फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ । 



प्रतिक्रियाहरु