आफ्नै श्रीमतीलाई इँटा प्रहार गरी हत्या

 
 
कपिलवस्तु । कपिलवस्तुमा एक जनाले आफ्नै श्रीमतिलाई ईंटा प्रहार गरी हत्या गरेका छन् । आफ्नै ३९ वर्षीया श्रीमती गीता चौधरीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका १ बुङ्ची बस्ने ४९ वर्षीय अगमान चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 
मादक पदार्थ सेवन गरेका अगमानले सामान्य बिवादको कारण गीतालाई इँटा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते गीताको प्रादेशिक लुम्बिनी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो । 
यसैबीच राजधानीको बानेश्वरस्थित वान क्याफेबाट पेस्तोल सहित एक जना पक्राउ परेका छन् । हतियार सहित पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय साङगेल पेम्बा शेर्पा रहेका छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई सोमबार पेस्तोल सहित पक्राउ गरेको हो । हतियारका सम्बन्धमा थप अनुसन्धान भइरहेकौ प्रहरीले जनाएको छ । 



प्रतिक्रियाहरु