वडा अध्यक्ष गुरुङको निधन



चितवन । भरतपुर महानगरपालिका–१६ का वडा अध्यक्ष चतुरमान गुरुङको निधन भएको छ । क्यान्सर रोगबाट पिडित  गुरुङको शनिबार बिहान उपचारका क्रममा निधन भएको हो । क्यान्सरका बिरामी गुरुङको किड्नीको डायलासिस गर्ने क्रममा पुरानो मेडिकल कलेजमा शनिवार विहान निधन भएको भरतपुर महानगरपालिकाले जनाएको छ । उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
 



प्रतिक्रियाहरु