पर्वतको प्रहरी चौकी भंगरालाई तीन रोपनी जग्गा निःशुल्क


पर्वत । पर्वतको एक प्रहरी कार्यालयलाई तीन रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । जिल्लाकौ प्रहरी चौकी भंगराको भवन निर्माण गर्न ३ रोपनी जग्गा निःशुल्क प्राप्त भएको हो । स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, नागरिक समाज र जिल्ला प्रहरी कार्यालय पर्वतको विशेष पहलमा फलेवास नगरपालिका ९ का ४१ वर्षीय मान बहादुर क्षेत्रीले सोही स्थानमा आफ्नो नाममा रहेको करिब ५ लाख रुपैयाँ मूल्य पर्ने सो जग्गा प्रहरी चौकी भंगरालाई प्रदान गर्नुभएको हो ।
सो जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याललाई हस्तान्तरण गर्दै जग्गादाता क्षेत्रीले समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिको लागि प्रहरीको भूमिका अहम रहने र प्रहरी विना शान्त समाजको कल्पना समेत गर्न नसकिने हुँदा उक्त सहयोग गरेको बताउनु भयो । सो अवसरमा प्रनाउ अर्यालले कार्यालयका तर्फबाट जग्गादाता क्षेत्रीलाई धन्यवाद् दिनु भएको थियो ।
 



प्रतिक्रियाहरु