नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जना पक्राउ


काठमाडौं । सक्कली जस्तो देखिने १ किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका २ घर भएकाहरू ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णु बहादुर राउत तथा ३१ वर्षीय नवराज राउत, रामेछाप दोरम्वा गाउँपालिका २ घर भएका ३१ वर्षीय रोशन वुढा मगर र ललितपुर सानागाउँ बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका २ घर भएका २३ वर्षीय किरण लामा रहेका छन् ।
काठमाडौं कपन निलोपुल नजिकै उक्त परिमाणको नक्कली सुन देखाई ५० लाखरुपैयाँमा विक्री गर्न ग्राहक खोजिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खरिदकर्ताले सुन खरिद गर्न लागेको ५ लाख रुपैयाँ सहित मोलतोल गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नक्कली सुन १ केजी र मोबाइल ६ थान समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रियाहरु