विष्फोटक पदार्थ सहित पाँच जना पक्राउ


संखुवासभा । संखुवासभाबाट बिभिन्न विष्फोटक पदार्थ सहित पाँच जना पक्राउ परेका छन् । चैनपुर नगरपालिका १ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका ४ बस्ने २७ वर्षीय सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरी गाउँपालिका ३ बस्ने एलिना राई, भोजपुर षडानन्द नगरपालिका १० बस्ने प्रभा तामाङ र ताप्लेजुङ तातोपानी गाउँपालिका १ बस्ने निमनेम्बा शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
टावरमा विष्फोटन गरेको अभियोगमा दुई पक्राउ
संखुवासभाकै चैनपुर नगरपालिका ३ पोखरीस्थित एनसेलको इन्भर्टरमा गत माघ १२ गते राति कुकर बम पड्काई आगजनी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका४ बस्ने ४१ वर्षीय अजित राई र सोही ठाउँ बस्ने २० वर्षीय समिन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा घटनामा संलग्नमध्ये उनीहरुलाई चैनपुर नगरपालिका ६ स्थितबाट पक्राउ गरेको हो ।

 



प्रतिक्रियाहरु