बिदेशी सैनिकको परेड स्थल बन्दै ः गुरुङ

 
भक्तपुर । नेकपाका प्रमुख सचेतक देब गुरुङले देशी बिदेशी तत्वहरु मिलेर नेपाललाई बिदेशी सैनिकको परेड स्थल बनाउन लागेको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लबमा आईतवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले नेपाली भूमिलाई कुनै न कुनै तवरले दुरुपयोग गर्ने क्रम बढेका कारण मुलुकको राष्ट्रियता खतरामा परिरहेको दावी गर्नु भयो । 
गुरुङले नेपालमा स्थिरता कायम गर्न नसके नेपाल बिदेशी सैनिकहरुको क्रिडा स्थल बन्नुका साथै एक प्रकारको अफगानिस्थानको मोडेल बन्ने संकेतगर्दै नेपालको भूमि दुरुपयोग गरि एक चीन नीतीमा हमला गर्ने र तिब्बतको मामलामा समेत हस्तक्षेपकारी भूमिकामा बिदेशीहरु लागीरहेको दावी गर्नुभयो । जनताको जनमत अनुसार राज्यका सबै अंगहरु रुपान्तरण हुन नसक्दा जनताले सोचेका काम हुन नसकेको गुरुङको भनाई थियो । 
संघियता कार्यान्वयन गर्ने बिषयमा केही अन्यौलता देखिएकाले केही ढिला सुस्ती भएको बताउँदै संक्रमण अवस्था जारीनै रहेकाले सिस्टम रुपमान्तरण गर्दै जानुको बिकल्प नभएको बताउनु भयो । उहाँले संबिधानत देशमा बहुदलीय प्रणाली रहेको भनेता पनि देश दुई दलिय प्रणाली तर्फ जान लागेको बताउनु भयो । दुई दलयी ब्यवस्थामा जान लागेको अवस्थामा कम्युनिष्टहरु एक भएर जानुको बिकल्प नरहेको समेत उहाँले बताउनु भयो ।
सदनमा प्रतिपक्षको भूमिका सकारात्मक रहेको बताउँदै वहाँले काँग्रेसले बिभिन्न बिधेकहरु पारित गर्दा देखाएको समर्थनले प्रष्टाएको र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनु भयो । प्रधानमन्त्रीले बिभिन्न क्षेत्रको शक्ति आफ्नो मातहतमा लिएको बिषय सहि र गलत समयले प्रष्टयाउने वहाँको भनाई थियो । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु