राप्रपा बैकल्पिक शक्तिको रुपमा उदाउँछ ःअध्यक्ष थापा


भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा बैकल्पिक शक्तिको रुपमा उदाउने दाबी गरेका छन् । राप्रपा मध्यपुर नगर कार्यसमितिले पार्टीका भक्तपुरका संस्थापक नेता समाजसेवी एबं संस्कृतिकर्मी स्व.लक्ष्मीभक्त लाखेको ४५ औं दिनको पुण्यतिथिका अवसरमा आयोजित श्रद्धान्जली सभामा बोल्दै अध्यक्ष थापाले सो दावी गर्नु भएको हो । अध्यक्ष थापाले राजनीतिक आरोह अवरोहका क्रममा बिगतमा आन्तरिक कमजोरीका कारण राप्रपा कमजोर बनेको उल्लैखगर्दै मौलिक धर्म संस्कृति, परम्परा, राष्ट्रियताप्रति प्रतिबद्ध रहने बैकल्पिक शक्ति राप्रपा मात्र भएको बताए ।
 राप्रपालाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गराएरै छाड्ने बताउँदै अध्यक्ष थापाले राप्रपाले बोकेको नीति र सिद्धान्त नेपाली जनतामाझ लोकप्रिय भएको दावी गरे । राप्रपाले अहिलेकै संविधानलाई स्विकार गर्दै जनतामाझ जाने बताउदै अध्यक्ष थापाले जनताले राप्रपालाई राष्ट्रिय शक्तिका रुपमा देख्न चाहेको उल्लेख गरे । देश अहिले जटिल अवस्थामा रहेको उललेखगर्दै थापाले नेपालको धर्म संस्कृतिमा भईरहेको अतिक्रमणलाई रोक्न नसके यहाँको पहिचान र अस्तित्व मेटिने दावी गरे ।
पछिल्लो समय योजनाबद्ध रुपमा प्राचिन र मौलिक धर्म माथि आक्रमण भईरहेको उललेखगर्दै थापाले नेपालको धर्म र संस्कृति त्यागेर विदेशी धर्म स्थापना गर्ने दुस्प्रयास भईरहेकोमा चिन्ता व्यक्त गरे । राप्रपाले हिन्दू राष्ट्रका लागि आन्दोलन र अभियान संचालन गरेको बताउदै थापाले यो अभियान कुनै पार्टी वा धर्म बिरुद्ध नभई हिन्दू धर्ममाथि बढ्दो बाह्य आक्रमण रोक्न चालेको बताए । धर्म, संस्कृति, पहिचान र अस्तित्व संकटमा पर्दा जनता चूप लागेर बस्नु नहुने उल्लेखगर्दै परिवर्तनका नाममा हिन्दु राष्ट्रको पहिचान समाप्त पारिएको राज संस्थालाई पाखा लगाइएको, एकात्मक देशलाई संघियता लादिएयो र देशमा अस्थिरता निम्ताउने काम भएको आरोप थापाको थियो ।
कार्यक्रममा राप्रपा नेता लक्ष्मी प्रसाद संग्रौला, नरगोबिन्द  शंखदेव, यवती कार्की, राप्रपा भक्तपुर जिल्ला अध्यक्ष माधव खत्री, राप्रपा मध्यपुर नगर कार्यसमिति सभापति बिकास प्रजापति लगायतले राप्रपा बैकल्पिक शक्तिको रुपमा उदाएको भन्दै स्व.लक्ष्मीभक्तले पार्टी, समाज र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु