जानुले ल्याइन एकैसाथ कथा र गीति एल्बम

 
काठमाडौं  । साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् । ताप्लेजुङमा जन्मिएर बेलायतको एक्सफोर्डमा  बसोबास गर्दै आएकी काम्बाङ्ग लिम्बुका एकै साथ दुई कृति राजधानीमा आयोजित एक कार्यक्रममा लिङ्गदेनको कथाकृति र गीति एल्बम सार्वजनिक गरिएको हो । कार्यक्रममा कथा ‘नउघ्रेको जुन’ र गीति एल्बम ‘जानु’को लोर्कापर्ण गरिएको हो । 
नेपाल वाङमय प्रतिष्ठानले आयोजना भएको समारोहमा वरिष्ठ साहित्यकार वैरागी काईला, गायक आनन्द कार्की, साहित्यकार बिना थिङ, प्रतिष्ठान अध्यक्ष शशि लिम्बुलगातले एकै साथ दुई कृति सार्वजनिक गरेकी जानुले नेपाली साहित्यमा ठुलो योगदान गर्ने चर्चा गरेका थिए । कथाकृति ‘नउघ्रेको जुन’मा २० कथा र गीति एल्बम ‘जानुमा ‘गर्नु छ एउटा कुरा’ र ‘प्यासी रातहरु’ गरी दश गीत रहेको सर्जक लिम्बुले बताइन् । 
 
 



प्रतिक्रियाहरु