शुभकामनाको मुख्य कार्यालय सुर्यविनायकमा

 
 
भक्तपुर । भक्तपुर नगरपालिका नासमनास्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय स्थानान्तरण भएको छ । आफ्नै भवनमा सञ्चालन भईरहेको सहकारी संस्थाले कारोवारलाई थप प्रभावकारी बनाउनका लागि सुर्यविनायक नगरपालिका ६ स्थित आफ्नै भवनमा कार्यालय स्थानान्तरण गरेको हो । संस्थाका प्रबन्धक राधेश्याम सुवालका अनुसार, ५ आना क्षेत्रफलमा बनेको ५ तल्ले आफ्नै भवनमा मुख्य कार्यालय स्थानान्तरण गरिएकोे हो ।
संस्थाका उपाध्यक्ष राम कासुलाका अनुसार, भक्तपुर नगरपालिकाको नासमना र सुर्यविनायक नगरपालिकाको सुन्दर वस्तीमा दुईवटा आफ्नै भवन भएपछि संस्थाले सदस्यहरुलाई कारोवारमा सहजता प्रदान गर्नका लागि सुर्यविनायकको भवनलाई मुख्य कार्यालय र नासमनाको भवनलाई शाखा कार्यालयका रुपमा ल्याइएको हो । २०५७ सालमा स्थापना भएको संस्थाले २०६५ सालमा नासमनामा भवन निर्माण गरेको थियो । एक वर्षअघि सुर्यविनायकमा ५ तल्ले भवन खरिद गरेपछि संस्थाको मुख्य कार्यालय सारिएको संस्थाका सल्लाहकार बालमुकुन्द सुवालले बताउनुभयो । 
७ हजार सदस्य रहेको शुभकामना साकोसको ७ करोड ९७ लाख ५३ हजार शेयर पूँजि रहेको संस्थाका अध्यक्ष न्हुछेकुमार त्वायनाले जानकारी दिनुभयो । उहाँले संस्थाको कुल सम्पती ८५ करोड रहेकोमा ६४ करोड ८७ लाख निक्षेप संकलन गरि ५८ करोड १४ लाख ऋण लगानी गरेको बताउनुभयो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष धर्मरत्न खाइतुले सदस्यता विस्तार, प्रभावकारी सेवा र सहकारीको गौरवलाई आत्मसाथ गर्दै शुभकामनाको मुख्य कार्यालय स्थानान्तरण गरिएको बताउनुभयो ।



प्रतिक्रियाहरु