ओस्लामा खेलौना बनाउने तालिम

 
मध्यपुर थिमि ।  मध्यपुर थिमि नगरपालिका–४ दथुटोलस्थित ओस्ला बचत तथा ऋण सहरकारी संस्थाले तीन दिने डल (खेलौना) बनाउने तालिमको आयोजना गरेको छ । सहकारीको महिला उपसमितिद्धाराआयोजित तालिममा १७ महिला सदस्यको सहभागिता रहेको छ । संस्थाकी महिला उपसमिति संयोजक इन्द्रायणी बज्राचार्यका अनुसार, महिलाहरुको क्षमता विकास गरी घरमै बसेर आयआर्जन गर्न सकुन भन्ने उदेश्यले खेलौना, पुतली बनाउँने तालिमको आयोजना गरिएको हो । 
े महिला उपसमितिकी सदस्य सुमना बज्राचार्यका अनुसार, तालिममा प्रशिक्षक रजनी श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो । ओस्ला साकोसका अध्यक्ष रोशन बज्राचार्यले महिलाहरुले आफ्नो घरमा बसेर पनि विभिन्न किसिमका सीपमूलक कार्य मार्फत आयआर्जन गर्न सकुन भन्ने उद्देश्यले सामाजिक जनउत्तरदायित्व अन्तर्गत खेलौना बनाउने तालिम दिइएको बताउँनु भयो । तालिमको समापन कार्यक्रममा प्रशिक्षक रजनी श्रेष्ठ, उत्कृष्ट प्रशिक्षार्थी मदनसुन्दरी जगुलु श्रेष्ठ लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, व्यक्तित्व एवं नेतृत्व विकासका साथै संस्कृति संरक्षण र सचेतना कार्यमा ओस्ला साकोस सदैव क्रियाशील रहेको अध्यक्ष रोशन बज्राचार्यले जानकारी दिनुभयो । 



प्रतिक्रियाहरु