माछापुच्छ«े बैंक, यूकेएड सक्षम र हेफर इन्टरनेशनल बीच सम्झौता

 
काठमाण्डौं । माछापुच्छ«े बैंक, यूकेएड सक्षम र हेफर इन्टरनेशसनल नेपाल बीच संयुक्त सहकार्यमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकलाई सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौता भएको छ । ग्रामिण क्षेत्रका बासिन्दाकोे आर्थिक सुधार गरी जीवनस्तर उकास्ने उदेश्यले  सो सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनलका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोेले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी शर्माले यो सहकार्यबाट देशभरका १४ जिल्लाका महिला उद्दमी, कृषक तथा साना उद्दमीलाई बिना धितो सरलीकृत कर्जा प्रदान गरिने बताउनु भयो । सम्झौता अनुसार, बैंकले कुल चार हजार तीन सय कृषक एवं महिला उद्दमीलाई ऋण प्रवाह गर्ने, तीन हजारको संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने, शाखारहित सेवा केन्द«को विस्तार गर्ने तथा नेपालमै पहिलो पटक नौलो कर्जा सेवा “किसान के्रडिट कार्ड” को सेवा प्रदान गर्ने उद्देश्य समेत राखेको शर्माले बताउनु भयो ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०७ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  सक्षम यूकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको छ ।
हेफर ईन्टरनेशनल नेपाल साना किसानहरुको दिगो बिकासमा अग्रणी भुमिका खेल्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचित छ । हालसम्म हेफरले बाख्रा तथा दुग्ध जन्यमा आधारित उद्यममार्फत नेपालका ४१ जिल्लाका २ लाख ५० हजार गरीब तथा उत्पीडित परिवारहरुलाई सहयोग पुप्याउँदै आएको जनाएको छ । हाल हेफरले विभिन्न बैंक तथा वित्तिय संस्थासंगको सहकार्यमा २ सय २६ वटा महिला उद्यमी सहकारीलाई कर्जा तथा वित्तमा पहुंच बढाउने उद्देश्यका साथ कार्यक्रमहरु संचालन गर्दै आएको छ । 



प्रतिक्रियाहरु