५० स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुग्न बाँकी

 
 
भक्तपुर । सात सय ५३ स्थानीय तहमध्ये अव ५० स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ । सरकारले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पु¥याउने योजनाअनुसार पछिल्लो समय एक सय बढी स्थानीय तहमा बैंक तथा बित्तिय संस्था थपिएपछि ५० वटामा मात्र बाँकी रहको हो । अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार, आगामी चैत मसान्तभित्र बाँकी रहेका ५० स्थानीय तहमध्ये ३० वटामा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्ने छ । बाँकी रहने २० स्थानीय तहमा भने आगामी आवमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्ने खतिवडाले बताउँनु भयो । 
सरकारले चालू आर्थिक वर्षको बजेटमा नै सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पु¥याउने लक्ष्य राखेको र लक्ष्यअनुसार नै शाखा स्थापनाको काम सकारात्मक रुपमा अगाडि बढिरहेको मन्त्री खतिवडाको भनाई थियो । डा खतिवडाले सरकारी लगानीका वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक ७७ जिल्लामा सञ्चालनमा नै रहेको बताउँदै सरकारीस्तरका बैंक धेरै ठाउँमा पुगेको र निजी क्षेत्रका बैंकलाई समेत प्रोत्साहन गर्ने नीति लिइएको बताउँनुभयो । 
 



प्रतिक्रियाहरु