स्वाइन फ्ल्युबाट ३७७ को मृत्यु

 
नयाँ दिल्ली । भारतमा सन् २०१९ यता १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन् । बिरामी भएकामध्ये ३ सय ७७ जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित भएका छन् । 
तीमध्ये झण्डै सात सय जना त पछिल्लो दश दिनमा प्रभावित भएका हुन् । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको समाचारअनुसार सबै प्रदेशमा यस्ता बिरामीको उपचारका लागि औषधी लगायतका स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रामा रहेका छन् । 



प्रतिक्रियाहरु