कपडा तथा सिलाई व्यवसायीद्धारा प्रजिअलाई ज्ञापन पत्र

 
भक्तपुर । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला शाखा भक्तपुरले विभिन्न माग राखी जिल्ला प्रशासान कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट समक्ष ज्ञापन पत्र बुझाएको छ । जिल्ला अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठको नेतृत्वमा गएको जिल्ला शाखा भक्तपुरका सचिव, कोषाध्यक्ष एवं सदस्यहरु सहभागी रहेको टोलीले भक्तपुर दरवार क्षेत्रबाट व्यानर सहित जिल्ला प्रशासन पुगेर ज्ञापन पत्र बुझाएको हो । 
ज्ञापन पत्रमा साना कपडा तथा सिलाई व्यवसायीहरुलाई अन्याय हुने गरी अनिवार्य भ्याटमा दर्ता गर्नुपर्ने प्रावधानलाई सच्याई ५० लाख भन्दा बढी कारोबार गर्ने व्यवसायीहरुलाई मात्र भ्याटमा दर्ता गर्नुपर्ने नियम बनाइयोस भने माग गरिएको थियो । संघका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठका अनुसार, प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा पचास लाखसम्म कारोवार गर्नेहरुलाई भ्याटमा दर्ता गर्नुपर्ने झन्झटबाट मुक्त गर्नुपर्ने माग गरिएको छ । ज्ञापन पत्र ग्रहण गर्दै प्रजिअ नारायणप्रसाद भट्टले संघको मागलाई तुरुन्त सम्बोधन हुने गरी छिटै अर्थ मन्त्रालय पठाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । 



प्रतिक्रियाहरु