जापानको सहयोगमा निर्मित मेलमिलाप केन्द्र उद्घाटन


भक्तपुर । जापान सरकारको सहयोगमा भक्तपुर जिल्ला अदालत परिषरमा मेलमिलाप केन्द्र निर्माण भएको छ । नेपाल बार एशोसियसन भक्तपुर, उच्च अदालत बार पाटन, ललितपुर बार एशोसियसनले भक्तपुर बारमा आज आयोजना गरेको मेलमिलाप केन्द्र हस्तान्तरण कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधिस ईश्वर प्रसाद खतिवडा र नेपालका लागि जापानीज राजदूत माशामिचि सैगोले कैन्द्रकौ संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
जापान सरकारको २६ लाख रुपैयाको सहयोगमा निर्माण भएको तीन कोठे भवनमा सम्पूर्ण पूर्वाधार सहित केन्द्रको साँचो हस्तान्तरण गरेको हो । कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधिस ईश्वर प्रसाद खतिवडाले जापानले नेपालको दिगो विकासमा पुर्याउदै आएको सहयोगको प्रंशसा गर्नुभयो । उहाँले समाजका लागि मेलमिलाप आवश्यक भएकाले मेलमिलाप केन्द्रलाई प्रभावकारी रुपमा लैजानु पर्ने बताउँनुभयो । कार्यक्रममा जापानीज राजदूत माशामिचि सैगोले मेलमिलाप केन्द्रलाई राम्रोसंग संचालन गर्दै मुद्धा मामिलालाई छिटो, छरितो रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । यसले अदालतमा मुद्धाको चाप पनि कम हुने विश्वास लिदै उहाले न्यायको क्षेत्रमा यसले ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल बार ऐशोसियसन भक्तपुरका अध्यक्ष देवेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ, नेपाल कानून आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी, ललितपुर बारका अध्यक्ष दिपक कुमार विष्ट, उच्च अदालत पाटनका अध्यक्ष रामचन्द्र सिंखडा, सचिव लिलामणि पौडेल लगायतले मेलमिलाप केन्द्रको महत्वमाथि चर्चा गर्नु भएको थियो ।  

 



प्रतिक्रियाहरु