साकुरा बहुउद्देश्यीय सहकारीको मुनाफा २३ लाख

 
भक्तपुर । भक्तपुरको सुर्यविनायकस्थित साकुरा बहुउद्देश्यीय सहकारी संस्थाले गएको आर्थिक वर्ष २३ लाख रुपियाँ मुनाफा गरेको छ । सहकारीको चौथो साधारणसभाका अवसरमा शनिबार सो जानकारी दिइउको हो । साधारणसभाको उद्घाटन गर्दै सूर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरबासीले परिश्रम गरी जोगाएको पैसा सहकारीमा बचत रहने भएकाले सो बचतको सुरक्षाका लागि नगरपालिकाले नियमित अनुगमन गर्दै आएको बताउँनु भयो ।


सहकारीलाई व्यवस्थित गर्न छुट्टै ऐन ल्याइएको जानकारी दिदै प्रमुख थापाले सहकारीमार्फत युवाहरुलाई रोजगारी प्रदान गरेर सामान्य कामका लागि विदेशिने क्रमको अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो । नगरपालिका भित्रका सहकारीले गरेका कामहरु नगरपालिकाले नियमित रुपमा अनुगमन गरिराखेको प्रमुख थापाको भनाई थियो ।
सुर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले नगरपालिकाभित्र एक सय २६ वटा सहकारी संस्था रहेको जानकारी दिँदै सहकारीले आफ्ना बचतकर्ताहरुको आर्थिक रुपान्तरणमा भूमिका खेल्न सक्नु पर्नेमा जोड दिनु भयो । संस्थाका अध्यक्ष राजेन्द्र मिश्रका अनुसार, सहकारी सदस्यहरुको आर्थिक र सामाजिक स्तर अभिवृद्धि गरी समुन्नत समाजको विकास गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।


स्थापनाको छोटै अवधिमा आधुनिक प्रविधि अपनाएर अघि बढेको साकुराले सदस्यहरुलाई छिटो, छरितो ढंगले सेवा सुविधा प्रदान गर्दै आएको छ । संस्थाले मोबाइल बैंकिङ सुविधाका अलवा सदस्यलाई सहज ढंगले रेमिटेन्स् सेवा समेत उपलब्ध गराउँदै आएको अध्यक्ष मिश्रले बताउँनु भयो । संस्थाले आर्थिक कारोबारसँगै सामाजिक कार्यलाई पनि एक साथ अगाडि बढाउँदै लगेको बताउँदै संस्थाका सचिव नानीबाबु थापाले आगामी वर्ष सहकारीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
सहकारी संस्थाहरुसँग एकता गरी व्यवस्थित र उत्कृष्ट सहकारी बनाउन समिति, उपसमिति, कर्मचारी र शेयर सदस्यको विभिन्न क्षेत्रमा विकास र क्षमता अभिवृद्धि गराउने कार्यहरु गर्दै जाने थापाको भनाई छ । कोषाध्यक्ष महालक्ष्मी खड्काले गत आवमा १ करोड ३० लाख ५३ हजार ३ सय १७ रुपैयाँ आम्दानी र १ करोड ७ लाख ३९ हजार ४ सय ६८ रुपैयाँ खर्च भई २३ लाख १३ हजार ८ सय ४८ रुपैयाँ नाफा भएको बताउँनु भयो । संस्थामा ५ सय १६ महिला, ७ सय ८३ पुरुष, कर्मचारी १६ र अन्य संस्था ८ गरी कूल १ हजार ३ सय २३ जना सदस्य रहेको जानकारी दिँदै खड्काले ०७५÷७६ सम्ममा १ करोड ३१ लाख ८ सय शेयर पूँजी संकलन भएको जानकारी दिनुभयो ।


सहकारीले ७ करोड ६९ लाख ८८ हजार ७ सय ९३ रुपैयाँ बचत संकलन गरी ६ करोड १२ हजार ५ सय ८५ रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ । लेखा सुपरिवेक्षण समितिका संयोजक माधव थापाले साकुरा लखपति बचत, साकुरा सुनौलो उज्जवल भविष्य बचत, नारी समृद्धि बचत तथा रेमिन्टेस् बचतजस्ता नयाँ फरक र बेग्लै पहिचान र सुविधा र सहुलियतको स्किम अघि सारेर बचतकर्ताको संख्या बढाउने, शेयर सदस्य र पुँजी वृद्धि र लगानीको क्षेत्र विस्तार गर्नु पर्ने सुझाव दिनु भएको थियो । कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक निरञ्जन राउतले आगामी आवका लागि प्रस्तावित कार्ययोजना तथा बजेट बस्तुत गर्नु भएको थियो ।
साधारण सभाका अवसरमा सूर्यबिनायक नगरपालिकाका सहकारी विज्ञ उद्धव प्रसाद चौलागाईं, ग्यासिर कलेजका प्रिन्सिपल दिवस शाक्य, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा,  संस्थाका ऋण अधिकृत मनोज केसी, शेयर सदस्य विश्वराम थापालगायतले साकुराले छोटो अवधिमै सहकारीको मर्म अंगालेर बचतकर्ताहरुको मन जित्न सकेको भन्दै आगामि दिनमा थप प्रगतिको शुभकामना दिएका थिए ।
 



प्रतिक्रियाहरु