उज्यालो सहकारीको साधारण सभा र नयाँ नेतृत्व

 
भक्तपुर । मध्यपुर थिमि–३ गठ्ठाघरस्थित उज्यालो बचत तथा ऋण सहकारीको १२ औं साधारण सभा सम्पन्न भएको छ । स्थानीय संगम पार्टी प्यालेसमा आयोजित सभाले बचन देउजाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ । समितिकोउपाध्यक्षमा उमेश बजागाई, सचिव दामोदर घिमिरे, कोषाध्यक्ष भिमकुमार गिरी छानिएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा शमसेर कुमार बम, राजेन्द्र श्रेष्ठ, निरज कुमार पहाडी, गोबिन्द प्रसाद न्यौपाने र रन्जना थापा कार्की नुनिएका छन् । 
सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा शिवराज पौडेल तथा सदस्यमा मुरारी गड्तौला र चित्र कुमार आचार्य रहेका छन् । त्यसैगरी ऋण उपसमितिको संयोजकमा शमसेर कुमार बम, प्रदिप रुपाखेती र पुरुषोतम सिग्देल छानिएको संस्थाका प्रबन्धक ललित प्रसाद श्रेष्ठले बताए । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु