सिन्धुपाल्चोकमा दुई युवा बन्दुक सहित पक्राउ

 
 
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुई युवा बन्दुक सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जिल्लाको त्रीपुरासुन्दरी गाउँपालिका वडा नम्बर २, लुङगुर्पाका  ३९ वर्षका हिरा बहादुर गुरुङ र सोही स्थानका ३४ बर्षका टपिन्द्र बहादुर गुरुङ रहेका छन् ।
 मृगको जस्तो देखिने जंगली जनावरको मासु सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक प्रज्वल महर्जनले बताउँनु भयो । महर्जनका अनुसार, उनीहरुले घरेलु हतियार प्रयोग गरी जंगली जनावर मारेको जानकारीका आधारमा ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले पक्राउ गरेको हो । 
टपिन्द्रको भान्सा घरमा मृग जस्तै जंगली जनावरको मासु पेरुङ्गो र बाटामा राखिएको अवस्थामा फेला पारेको र पुजा घरमा दुई नाल भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जानाएको छ । हिरा बहादुर गुरुङको भान्सा घरमा खाना पकाउने चुलोको माथि निगालाको सिलमा मृग तथा मृग जस्तै जंगली जनावरको मासु राखेको अवस्थामा फेला परेको थियो । उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी बाह्रबिसेको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु