भाई राष्ट्रपति दाजु प्रधानमन्त्री, दुई पटक राष्ट्रपति बनेका राजपाक्षे श्रीलंकाका नयाँ प्रधानमन्त्री

 
भक्तपुर । श्रीलंकामा भाई राष्ट्रपति र दाजु प्रधानमन्त्री बनेका छन् । हालै राष्ट्रपछिमा निर्वाचित गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका हुन् । श्रीलंकामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स्विरुद्धको लडाइँमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्ष सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए । 
विपक्षी पार्टीका राष्ट्रपति निर्वाचित भएसंगै श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार राजीनामा दिएका थिए । उनको राजीनामापछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि महिन्दा राजापाक्षको नाम सिफारिस गरेका हुन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, नवनियुक्त प्रधानमन्त्रीले सन् २०२० को मार्चमा संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीका रूपमा काम गर्नेगरी जिम्मेवारी तोकिएको छ । 
राजापाक्षको नेतृत्वमा १५ सदस्यीय कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको जनाइएको छ । नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार नियुक्त हुने अनुमान गरिएको छ । गोतावायले राष्ट्रपतिमा विक्रमासिङ्गेको समर्थन पाएका यूनाइटेड नेशनल पार्टीका सजित प्रेमादासालाई करिब १३ लाख मतले पछिपार्दै राष्ट्रपति निर्वाचित भएका थिए ।



प्रतिक्रियाहरु