६४ लाख मध्ये २९ लाखबढीले जिते कोरोना, कुन मुलुकमा कति भए निको ?


भक्तपुर । विश्वभर कोरोना भाइरसबाट संक्रमित ६४ लाख ६८ हजार मध्ये २९ लाख बढी  कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् । संक्रमित मध्ये तीन् लाख ८१ हजार बढीको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संगठनका अनुसार, संक्रमितमध्ये २९ लाख ५३ हजार पाँच सय बढी संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किका छन् । कोरोनासंगको लडांई जितेर निको भएर घर फर्किनेमध्ये सबै भन्दा बढी अमेरिकाका छन् । अमेरिका पछि धेरै संक्रमण मुक्त हुने मुलुकको सूचिमा ब्राजिल, रुस, स्पेन, जर्मनी, इरान, ईटाली, टर्की, भारत, फ्रान्स लगायतका मुलुक रहेका छन् ।
कहाँ कति संक्रमण मुक्त 
मुलुक                संख्या
अमेरिका            ६,२२,४५७
ब्राजिल             २११,०८०
रुस                १,८६,९८५
स्पेन                १,८४,१५६
जर्मनी                १,६६,४००
इटाली                १,६०,०९२
टर्की                 १३०,०८०
इरान                १,२३,०७७
भारत                १,००,२८५
चीन                ७८,१२०
फ्रान्स                ७८,०३८

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु