विलासी दैनिकीले निम्त्याउँछ मधुमेह, प्रत्येक ११ जनामध्ये एकलाई मधुमेह

 

काठमाडौँ । ४६ करोडभन्दा धेरै मानिसहरू अर्थात् प्रत्येक ११ जनामध्ये एक जना वयस्क मधुमेहबाट पीडित छन्। विलासी जीवनशैली र  व्यायामको अभावले यस्तो भएको इन्टरनेसनल डायबिटिज फेडेरेसन (आइडिएफ) ले जनाएको छ।

डायबिटिज एट्लसको नयाँ संस्करण सार्वजनिक गर्दै सन् २०३० सम्म मधुमेह रोगीको संख्या झण्डै ५८ करोड पुग्ने आइडिएफले बताएको छ।  सन् २०४५ सम्म ७० करोड मधुमेहको रोगी हुने संस्थाको प्रक्षेपण छ। मधुमेह विश्वको शीर्ष १० प्राणघातक रोग हो। यो संख्याले मधुमेको उपचार र व्यवस्थापनमा ठूलो चुनौती निम्त्याएङ्को छ।

सन् २०१७ मा गरिएको सर्वेक्षणको तुलनामा मधुमेहका रोगी तीन करोड ८० लाखले बढेको र आधाभन्दा धेरै पीडित वयस्कहरूको रोग पत्ता नलागेको आइडिएफले जनाएको छ। मधुमेहका रोगीको रगतमा खानाबाट उत्पादन हुने ब्लड सुगरको मात्रा अत्यधिक हुन्छ।

फलस्वरूप उनीहरूलाई हृदयाघात र अन्य गम्भीर प्रकारका स्वास्थ्य समस्या हुने सम्भावना पनि बढि हुन्छ। यसले उनीहरूको औसत आयु घटाउनेबाहेक स्वास्थ्य उपचारमा पनि अत्यधिक खर्च हुन्छ।

अधिकांश पीडितलाई टाइप २ मधुमेह हुन्छ। यो मोटोपन र जीवनशैलीसँग जोडिएको छ। यो मधुमेह वयस्कलाई हुन्छ र बालबालिकामा पनि बढ्दै गएको छ।

टाइप १ मधुमेह रोकथाम गर्न सकिदैंन। प्याङ्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन नगर्दा यस्तो हुने गर्छ। यो ब्लड सुगरको तह नियमन गर्ने हर्मोन हो।

आइडिएफका प्रमुख नाम एच. चोले विश्व मधुमेह दिवसको उपलक्ष्यमा एउटा वक्तव्य जारी गर्दै “मधुमेह गम्भीर विश्व स्वास्थ्य समस्या भएको र यसले ठूलो सामाजिक आर्थिक प्रभाव पार्ने” बताएका छन्।

“मधुमेह बढ्नु वास्तवमै चिन्ताको विषय हो। विशेष गरि रोगको पहिचान नभएका मानिसहरूको संख्यालाई विचार गर्दा यो अझै गम्भीर हुन्छ,” चोले भने।
सन् २०१९ मा मधुमेहका लागि सात खर्ब ६० अर्ब अमेरिकी डलर खर्च भएको आइडिएफको अनुमान छ। रोगीहरूको संख्या बढ्दै गएकोले इन्सुलिनको मुल्य घटाउने र त्यसको पहुँच पनि बढाउने कार्यक्रम सुरू गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु