कोरोना रोकथाममा जुट्दै नागरिक हेल्थ ट्रष्ट र माछापुच्छ्रे बैक


भक्तपुर । कोरोनाको जोखिम बढेसंगै मध्यपुर थिमिको कौशलटारचौकमा साबुन पानीले हात धोऔं भन्ने सन्देश सहितको स्टिल टेंकी राखिएको छ । नागरिक हेल्थ ट्रष्ट फण्ड गठाघरको अग्रसरतामा माछापुच्छ्रे बैक कौशलटार शाखाद्वारा कौशलटारको बसस्टेण्डमा सो टेंकी राखिएको हो ।
माछापुच्छ्रे बैकका सञ्चालक एवं नागरिक हेल्थ ट्रष्ट फण्डका अध्यक्ष गोपीकृष्ण न्यौपानेका अनुसार, सो स्थानमा दैनिक पानीको व्यवस्थापन र संरक्षणको जिम्मा वेभ ग्रुपले लिएको छ । तयसैगरी त्यहाँ प्रयोग हुने साबुन माछापुच्छ्रे बैक, कौशलटारले व्यव्स्थापन गर्ने न्यौपानेले बताउँनु भयो । सञ्चालक न्यौपानेका अनुसार, माछापुच्छ्रे बैकले भक्तपुर जिल्लाका थप ४ स्थानमा समेत त्यस्ता टेंकी राख्ने भएको कौशलटार शाखा प्रमुख प्रणय केसीले बताउँनु भयो ।
बैकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत माछापुच्छ्रे बैकले आईतवार मात्र काठमाडौ जिल्लाका बिभिन्न १६ स्थानमा महानगरीय प्रहरीसंगको सहकार्यमा  हात धुने प्रयोजनका लागि टेंकी राख्ने कार्य गरेको थियो । नागरिक हेल्थ ट्रष्ट फण्डका अध्यक्ष न्यौपानेका अनुसार कोरोना भाइरस आउनै नदिनका लागि नागरिक सचेतना कार्यक्रम अन्तर्गत पर्चा पम्प्लेट, ब्यानर र भिडियो क्लिप मार्फत भक्तपुर जिल्लालाई केन्द्रीत गरि बिभिन्न कार्यक्रम गरिदै आएको छ ।
 ट्रष्टकै अग्रसरतामा भक्तपुर जिल्लाका चार मुख्य चौकमा हात धुने ब्यवस्था मिलाइने ट्रष्टका महासचिव वचन देउजाले बताउँनु भयो । देउजाका अनुसार, माछापुच्छ्रे बैककै सहयोगमा गठाघर चौकको बिरुवा संरक्षणको लागि फलामे बेरा लगाउने काम भैरहेको छ । ट्रष्टले यसअघि भूकम्प लगायतका दैवी विपत्तीका  बेला समेत स्वतस्फूर्त रुपमा काम गरिरहेको देउजाले जानकारी दिनुभयो ।

रुघा खोकी ज्वरो आउँदैमा कोरोना हुदैन–डा. कार्की
यसैबीच नागरिक हेल्थ ट्रष्टकी कोषाध्यक्ष एवं नागरिक अस्पतालकी डा. मोनिसा कार्कीले अहिले समाजमा एक किसिमको भय र त्रास रहेको उल्लेखगर्दै पछिल्लो समय सामान्य रुघाखोकी लाग्दा पनि मलाई कोरेना भाइरसले छोयो कि भन्ने भान हुन थालेको बताउँनु भयो । डा. कार्कीका अनुसार, रुघा खोकी लाग्दैमा वा सामान्य ज्वरो आउंदैमा कोरोना भाइरसबाट भएको भन्न मिल्दैन । कोरोना भाइरसको संक्रमणका लागि सुख्खा खोकी लाग्ने, अधिक ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिनुपर्छ ।
 थकाइ लाग्ने, पखाला लाग्ने भयो भने पनि जंचाइहाल्नु राम्रो हुने कार्कीको सुझाव छ । यो भाइरसको संक्रमण छिटो फैलिने भएकोले शंकास्पद हुनासाथ बिमारीलाई घरमै छुट्टै ब्यवस्थापन गरेर राख्नु पर्ने र गाह्रो हुँदै गएमा नजिकको अस्पताल  लैजानुपर्ने कार्कीले बताउँनु भयो । यदि रोग लागेकै भएपनि यो रोग निको पार्न सकिने उल्लेखगर्दै कार्कीले रोगको लक्षण देखिए आफु कार्यरत नागरिक कम्युनिटी अस्पताल गठाघरमा सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ ।


 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु