एकै दिन एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या आठ सय ८६ पुग्यो

 
भक्तपुर । नेपालमा पहिलो पल्ट एकै दिन एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार अपरान्हको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । यो संगै नेपालमा संक्रमितको संख्या आठ सय ८६ पुगेको छ । 
देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सिरहाका १ जना, सिरहा घर भइ सप्तरी बस्दै आएका १ जना,  बाराका ७ जना, रौतहट घर भइ बारामा रहेका १ जना र  रौतहटका २८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।  
धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी कोसी प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी हेटौडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका १ र रौतहटका ७  जना  गरी ८ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
 यसैगरी दाङको राप्तीमा गरिएको परीक्षणमा दाङका १५ जना १८ जना र रुकुम पूर्वका ३ जनामा संक्रमण पुष्टि भएको छ । उता भेरी अस्पतालमा गरिएको परीक्षणमा पनि बाँकेका १६ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार बिभिन्न अस्पतालमा कोरोनाको उपचार गराई राखेका थप २८ जना निको भएर घर फर्किएका छन् । ती संगै नेपालमा निको हुनेको संख्या एक सय ८३ पुगेको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु