कोरोना संक्रमित टप टेन जिल्ला कुन कुन ?


भक्तपुर । शनिवार अपरान्ह सम्म नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ । कोरोनाकै कारण छ जनाले ज्यान गुमाएका छन् भने संक्रमितमध्ये दुई सय १९ जनाले कोरोना जितेर अस्पतालबाट घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ६६ हजार पाँच सयमा गरिएको पिसिआर परिक्षणबाट त्यतिकामा संक्रमण पुष्टि भएको हो । संक्रमण पछिल्लो समय ५४ जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।
यी हुन, बढी प्रभावित १० जिल्ला
जिल्ला             संक्रमित संख्या

कपिलवस्तु             २६९
रौतहट                   १८४     
बाँके                       १८१     
झापा                       १०६
पर्सा                        १०२    
सर्लाही                    ६४
बारा                        ५२     
धनुषा                      ५१     
रुपन्देही                  ४४
सप्तरी                    ४२


 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु