एकैदिन दुई सय ३९ जनामा कोरोना, संक्रमितको संख्या १८११ पुग्यो

भक्तपुर । सोमवार एकैदिन  दुई सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेपछि संक्रमितको संख्या दुई सय ३९ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमध्ये कपिलवस्तुका ७, पाल्पाका २, नवलपरासी (पश्चिम) का १, गुल्मीका १ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।  



 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु