चाँगुनारायण माविमा प्राविधिक पढाई सञ्चालन गर्न श्रीमद् भागवत


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाकै अग्रणी मध्येको एक विद्यालयले प्राबिधिक विषयको पढाई सञ्चालन गर्न भागवत पुराणको आयोजना गर्दैछ । स्थानीय चाँगुनारायण माविले स्थानीय गरिव जेहेन्दार विद्यार्थीलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय पढाई सञ्चालन गर्ने उदेश्यले श्रीमद् भागवत ज्ञानमहायज्ञ लगाउँन लागेको हो ।
बिद्यालयका प्रधानाध्यापक दधिराम गेलालका अनुसार, बिद्यालय हातामा आगामि माघ ११ गतेदेखि एक सातासम्म श्रीमद् भागवत ज्ञानमहायज्ञ लगाउँन लागिएको हो । पठनपाठनका अलवा अतिरिक्त क्रियाकलापमा समेत यसक्षेत्रमा ख्याति कमाएको विद्यालयमा अहिले पाँच सय बढी बिद्यार्थी अध्ययनरत छन् । शिशु कक्षादेखि कक्षा १२ सम्म अध्ययन अध्यापन गर्दै आएको विद्यालयले प्राबिधिक विषयको पढाई सञ्चालन गर्न भागवत पुराणको आयोजना गर्न लागेको प्रधानाध्यापक गेलालले बताउँनु भयो ।
प्रधानाध्यापक गेलालका अनुसार, भागवत ज्ञानमहायज्ञ मार्फत करिव एक करोड रुपियाँ संकलन गर्ने लक्ष्य राखिएको छ । स्थानीय अभिभावक र राजनीतिक दलका अगुवाको सल्लाहमा संकलित रकमबाट कुनै एक विषयको पढाई सञ्चालन गर्ने उदेश्यसहित सप्ताह आयोजना गर्न लागिएको हो । हाम्रो बिद्यालय राम्रो बिद्यालय भन्ने नारासहित आयोजना गर्न लागिएको भागवत ज्ञानमहायज्ञको शुभारम्भ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुने बताइएको छ ।
संकलित रकम अक्षयकोषमा राखेर प्राविधिक शिक्षा अध्यापन गराउँने लक्ष्य राखिएको बिद्यालयले जनाएको छ । सात दिनसम्म आयोजना हुने श्रीमद्भागवन ज्ञानमहायज्ञमा भागवत भाष्कर पण्डित माधवप्रसाद कुईटेलले पुराण बाचन गर्नुहुने बताइएको छ । माघ ११ गते बिहान साढे सात वजे कलश यात्रा र ११ वजे उद्घाट्न हुने ज्ञानमहायज्ञमा हरेक दिन बिहान सात वजेदेखि पाठपारायण शुरु हुने जनाइएको छ । ज्ञानमहायज्ञ माघ १९ गते सम्पन्न हुने कार्यक्रम रहेको प्रधानाध्यापक गेलालले बताउँनु भयो ।

 



प्रतिक्रियाहरु