एटिएम मेसिन फोडिरहेको अवस्थामा पक्राउ


काठमाडौं । राजधानीबाट एटिएम मेसिन फोडिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पुतली सडकमा एटिएम मेसिन फुटाउँदै गर्दा पक्राउ पर्नेमा जाजरकोट त्रिवेणी नगरपालिका ६ घर भएका २४ वर्षीय तिलक खड्का रहेका छन् । उनलाई एटिएम मेसिन फोडिरहेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको हो ।
    काठमाडौं महानगरपालिका २८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
जुवातास खेलिरहेको अवस्थामा पक्राउ
राजधानीबाट जुवातास खेल्ने १३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २१ बानेश्वर बासुकी मार्ग डेरा गरी बस्ने पाँचथरका ४८ वर्षीय विजय कुमार अधिकारीको कोठामा  जुवातास खेलिरहेको अवस्था झापा विर्तामोड घर भई सोही ठाउँ बस्ने ४१ वर्षीय देवी प्रसाद काफ्ले लगायत १३ जनालाई नगद ३ लाख ७५ हजार ४ सय ९० रुपैयाँ र ३ बुक तास सहित प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
सात हजार अमेरिकी डलर सहित पक्राउ
रसुवाबाट अवैध सात हजार अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढीबाट आमाछोदिङ्मो गाउँपालिका ४ गोल्जुङ बस्ने २२ वर्षीय कान्छा कुमार घलेलाई ७ हजार अमेरिकी डलर सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । सिमा प्रहरी चौकी टिमुरे र सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा.नं. २१ टिमुरेबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा नेपालबाट चीनतर्फ जान लागेका घलेलाई डलर सहित पक्राउ गरेको हो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु