भक्तपुरमा राष्ट्रिय भुकम्प दिवसका अवसरमा बिभिध कार्यक्रम



भक्तपुर । २२ औँ राष्ट्रिय भुकम्प शुरक्षा दिवसका अवसरमा भक्तपुरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम १९९० साल माघ २ गते गएको महाभुकम्पको सम्झनामा आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधनगर्दै गृहमन्त्री थापाले सुरक्षित पूर्वाधारबिना समृद्धि प्राप्त नहुने उल्लेखगर्दै आफू र अरुलाई समेत सुरक्षित बनाउन पहिलो ध्यान बलियो पूर्वाधार बनाउन लगाउनुपर्नेमा जोड दिनुभयो ।


भूकम्प सुरक्षा दिवसका अवसरमा भक्तपुरमा भएको मूल समारोहका प्रमुख अतिथि गृहमन्त्री थापाले आफू सहित समाज र सिङ्गो देशलाई सुरक्षित बनाउन सबैले संकल्प गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाल भूकम्प सहितका प्राकृतिक प्रकोपको जोखिममा रहेको उल्लेखगर्दै मन्त्री थापाले भुकम्पमा संरचना भत्केर नै धेरै क्षति हुने गरेको  बताउनुभयो । विपद् जोखिम न्यूनीकरणका लागि आजैदेखि काम गर्नुपर्नेमा जोडदिदै मन्त्री थापाले त्यस्ता कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न भैरहेको बताउँनु भयो ।


भूकम्पबाट हुने जनधनको क्षति घटाउन सरकार एक्लैको प्रयासले मात्रै नपुग्ने भन्दै गृहमन्त्री थापाले संघ, प्रदेश र पालिकाका साथै समुदायले पनि जिम्मेवारी आत्मसाथ गर्नुपर्ने बताउनुभयो । यो वर्ष ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नारा सहित २२ औँ भूकम्प सुरक्षा दिवस मनाइएको मन्त्री थापाको भनाई थियो छ ।  भक्तपुरको दरबार स्क्वायरमा समारोह आयोजना हुनुअघि  जिल्लाका विभिन्न ठाउँबाट बाजागाजा तथा झाँकी सहितको ¥याली निकालिएको थियो । ¥यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, रेडक्रस, स्थानीयबासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा थियो ।


भक्तपुर रेडक्रसद्धारा जनचेतना मुलक कार्यक्रम
यसैबीच भूकम्पबाट सुरक्षित पूर्वाधार , दिगो सुख र समृिद्वको आधार”  भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले  २२ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।  सोहि क्रममा माघ २ गते विहान ९ वजे कमलविनायक चोकमा सडक नाटक प्रदर्शन गरिएको थियो । त्यस्तै दिउसो १ वजे भक्तपुरको दुधपाटी र कमलविनाय चोकबाट प्रभात फेरिको आयोजना गरिएको थियो । प्रभातफेरी दरवारस्कायमा पुगि मुलसमारोहमा सामेल भएको थियो ।


समुदायलाई  भुकम्पबाट  सुरक्षीत कसरी रहन सकिन्छ भन्ने सन्देस दिनका लागि मनाईएको यस दिवसमा  भक्तपुर नगरपालिका, संघ संस्थाा, विद्यालय,  ने रे सो जिल्ला शाखा,  उपशाखा, उत्थनशिल नगर प्रवद्र्वन र सहभागीता  कार्यक्रमका लक्षीत समुहहरु, कर्मचारी, स्वयंमसेवकको उपस्थिती रहेको थियो ।  दिवसकै अवसरमा  भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका विभिन्न स्थानमा सडक नाटक,  घुम्ती सुचना केन्द्र (कीयोस्क) आयोजना गरि  समुदायलाई भुकम्प सुरक्षीत आवास र संरचाना निर्माणको सन्देस प्रदान गरिएको भक्तपुर रेडक्रसले जनाएको छ ।
शाखा सभापति मनोज थापाका अनुसार, त्यस्ता कार्यक्रमबाट करीव  पाँच सय स्थानियलाई सचेतना जगाउँने काम भएको छ । सोहि क्रममा प्राकृतिक   प्रकोपका क्रममा हुने घाईतेलाई गरिने प्राथमिक उपचार र यसको मह्त्वका बारेमा जानकारी दिनका लागि कृतीम घटना अभ्यास  प्रदर्शन समेत गरिएको सभापति थापाले बताउँनु भयो ।

 



प्रतिक्रियाहरु