प्याब्सन भक्तपुरको १५ औं वार्षिक साधारण सभा

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको हलमा भएको कार्यक्रममा संघीय सांसद महेश बस्नेतले भक्तपुर अब शिक्षाको अन्तर्राष्ट्रिय हबको रुपमा विकास हुनुपर्नेमा जोड दिए ।

निजी शैक्षिक संस्थाहरुले नेपालको शिक्षा क्षेत्रमा पर्याप्त योगदान गरेको भन्दै शिक्षालाई विकाससंग जोडनुपर्नेे बताए । सांसद बस्नेतले सार्वजनिक निजी साझेदारीको नारा अघि सारेको सरकारले नीजि बिद्यालयको हित बिपरीत शिक्षा नीति नल्याउने बिश्वास ब्यक्त गरे । बागमती प्रदेशका सांसद शशिजंग थापाले शिक्षा नीतिमा के कुरा हुनुपर्ने भो भनेर प्याब्सनले सुझाव दिनु पर्ने बताए । भक्तपुरका चार स्थानीयको शिक्षा नीति एकै नभएकाले समस्या हुने थापाको भनाई छ ।

शिक्षाको बिकासलाई राजनीतिक खपतको बिषय मात्र बनाउन नहुने बताउँदै भक्तपुरका बिद्यार्थी जिल्लाभित्रै पढ्ने माहौल सृजना गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाकार राजकुमार महर्जन, उपाध्यक्ष दिपिका थापा, कोषाध्यक्ष सन्तोष मणी न्यौपाने, जिल्ला अध्यक्ष चन्द्र अधिकारी लगायतले शिक्षाको विकाशमा सबै क्षेत्र एक हुनु पर्ने बताउँदै निजी बिद्यालयको हकहितबारे चर्चा गरे ।

उक्त अवसरमा लामो समयदेखि विद्यालयमा कार्यरत कर्मचारी, शिक्षकलाई सम्मान गरिएको थियो । यस बर्ष प्याब्सन गौरब सम्मानबाट एभरेष्ट ई.स्कुलका प्रिन्सीपल भक्त राजभण्डारीलाई नगद रु २१ ह्जार १ सय २१ सहित सम्मान गरिएको छ । यस अघि यो सम्मान प्राप्त गर्नेमा बिसं.२०६९ मा स्व. शारदाभक्त मधिकर्मी, २०७० मा शिवजी श्रेष्ठ, २०७१ मा तेजेश्वर बाबू ग्वंग, २०७२ मा दिपक अंकलगी, २०७३ मा श्रीमति सानू घिमीरे,२०७४ मा श्रीमती लक्ष्मी थापा र २०७५ मा दिलकृष्ण प्रजापती छन् ।

कार्यक्रममा दीर्घसेवाबाट सम्मानित हुनेमा ग्लोरी ई.स्कुलका तुलसा महत(कर्मचारी), नौलो ज्योतिका शर्मिला प्रसाईं, नौलो ज्योतीकै जीवनहरी अधिकारी,ग्लाड स्टोनका शिबभक्त थापा मगर, शंकरनेशनल स्कुलका लक्ष्मी मानन्धर, कृष्णमाया महर्जन (कर्मचारी) तथा रजनी श्रेष्ठ र गोल्डेन गेट स्कुलका बिजया शाक्य लोहला छन् ।



प्रतिक्रियाहरु