सडक सुरक्षामा भक्तपुरवासी सचेत, समुदायको सहयोगमा प्रहरीलाई १८ लाखका सामाग्री


भक्तपुर । उपत्यकाकै नमूना छ लेनको सडकमा दुर्घट्ना बढ्दै गएपछि भक्तपुरवासी सचेत हुन थालेका छन् । त्यसैक्रममा स्थानीय तह तथा स्थानीय संघ संस्थाले चार वटा साईरन जडित मोटरसाईकल सहितका  करिव १८ लाख रुपियाँ बरावरका अत्यवश्यक सामाग्री प्रहरीलाई प्रदान गरेका छन् । दुर्घट्ना न्युनिकरण गरी अकालमा कसैले पनि मृत्युवरण गर्नु नपरोस भनेर आफुहरुले यस्तो सहयोग गरेको समाजसेवी बिज्ञान राईले बताउँनु भयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक सुरक्षा एवं सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रम मध्यपुर थिमि– ३ कौशलटारमा शुक्रबार सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई सुरक्षा सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।


    सो अवसरमा प्रमुख आतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले नागरिक, विभिन्न संघसंस्थाहरुको सहभागिता भएमा मात्र सडक दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनुभयो । सडक सुरक्षामा देखा परेका समस्याहरुको  पहिचान गरी यसको समाधान गर्न नयाँ प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सडक सुरक्षा थप व्यस्थित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै  पूर्वमन्त्री एवं प्रनिनिधि सभा सदस्य महेश बस्नेतले आफु निर्वाचित हुने बित्तिकैदेखि सडक दुर्घट्ना न्युनिकरण र कोटेश्वरको जाम घटाउँन लागि परेको उल्लेख गर्नुभयो । जाम न्युनिकरण गर्नकै लागि हनुमन्ते कोरिडोर प्राथमिक्तामा राखेर निर्माण गरिराखेको उल्लेखगर्नुहुंदै बस्नेतले नेम्वाङ मन्त्री बनेसंगै सुर्यविनायक–धुलिखेल छ लेनको सडक बिस्तार आयोजना अघि बढ्न लागेको, कोटेश्वरस्थित छ लेनको सडकमा बाहिरी ट्रयाक खोल्न दिन नागरिक उडड्यन प्राधिकरण सहमत भएको जानकारी दिनुभयो ।


महानगरीय प्रहरी बृत्त थिमिका प्रमुख डिएसपी शान्तिराज कोईरालाको पहल कदमीमा छोटो अवधिमा उल्लेख्य काम भएको चर्चागर्दै बस्नेतले एउटा डिएसपीले देखेको सपना तीन महिनामा पुरा गर्न सक्छन् भने देश चलाउँने नेताहरुले देखेको सपना किन पुरा गर्न नसकिने भनि प्रश्न गर्नुभयो । सबै प्रहरी प्रमुख र कार्यालय प्रमुखले कोईरालाजस्तै काम गर्ने हो भने सर्वसाधारणलाई राहत पुग्ने बस्नेतको भनाई थियो ।     
    कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सडक सुरक्षा सबैको साझा विषय भएकोले नेपाल प्रहरीका साथै विभिन्न संघसंस्था र सडक प्रयोगकर्ताहरु उत्तरदायी हुनुपर्ने बताउनुभयो । सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा गर्न र विकास निर्माणको कार्यलाई तीव्रता दिन सुरक्षा महत्वपूर्ण विषय रहेको उहाँले चर्चा गर्नुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत नागरिकले प्रहरीलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको पोखरेलको भनाई  थियो ।
 मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर (जगुलु) श्रेष्ठले समुदाय प्रहरी साझेदारी कार्यक्रमका लागि आफुले एक करोड रुपियाँ बिनियोजन गरिएको जानकारी दिदै महानगरीय प्रहरी बृत्त थिमिका प्रमुख डिएसपी शान्तिराज कोईरालाको आग्रहमा नेपालमै पहिलो पटक प्रहरी जवानका परिवारका लागि आवाश निर्माण कार्य अघि बढेको बताउनु भयो । सडक दुर्घट्ना र अपराधिक घट्ना पत्ता लगाउँन सहज हुने भन्दै नगरपालिकाले ३२ स्थानमा सिसीटिभी जडान गरको श्रेष्ठको भनाई थियो ।


महानगरीय ट्राफिक महाशाखा रामशाहपथ काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले धन्यवाद ज्ञापन गर्दै अघिल्लो वर्षको तुलनामा चालु वर्षको मध्य सम्ममा दुर्घट्नाबाट हुने क्षति ३३ प्रतिशतले घटेको उल्लेख गर्नुभयो । सडक यातायातलाई व्यवस्थित गर्न पछिल्लो समय डेढ दशकदेखि बन्द रहेका आठ वटा ट्राफिक लाईट पुनः संचालनमा ल्याइएको उल्लेखगर्दै ढकालले अन्य ट्राफिक लाईट पनि क्रमस सञ्चालनमा ल्याउने बताउँनु भयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले स्वागत मन्तव्य तथा कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । महानगरीय प्रहरी वृत्त ठिमीको आयोजना तथा मध्यपुर ठिमी नगरपालिका, सूर्यविनायक नगरपालिका, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गठ्ठाघरको सहआयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।     कार्यक्रममा स्थानीय निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, लगायत स्थानीय भद्रभलादमी एवं संचारकर्मीहरुको उपस्थिति रहेको  थियो ।
 


 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु