कोरोना संक्रमण : चीनमा ज्यान गुमाउनेको संख्या २४४१ पुग्यो

काठमाडौँ ।  करिब ४० दिनदेखि चीनमा देखिएको कोरोना भाइरसको संक्रमणबाट चीनमा ७६ हजार ९ सय १८ जना संक्रमित भएका छन् । उक्त भाइरसको संक्रमणबाट चीनमा आइतबार बिहानसम्म २ हजार ४ सय ४१ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ ।

शनिबार कोरोनाको संक्रमणबाट ९६ जनाको ज्यान गएको छ । शुक्रबार चीनमा १०९ र इटलीमा एक जनाको ज्यान गएको थियो । उक्त समाचारका अनुसार, पछिल्ला केही दिनमा मृतकको संख्यामा कमी नआएपनि संक्रमित हुनेको संख्या भने घट्न थालेको छ । शनिबार ६ सय ३० जना जना संक्रमित फेला परेका छन् । हालसम्म चीनमा ज्यान गुमाउनेको संख्या २ हजार ३ सय ४५ पुगेको छ ।

पछिल्लो समय चीनमा दैनिक संक्रमितको संख्या घट्दैगएपनि चीनबाहिर भने संक्रमितको संख्या बढ्दै गएको छ। चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ । यसअघि हङकङ र फिलिपिन्समा पनि कोरोना भाइरसबाट एक एक जनाको ज्यान गएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु