बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–४, राधेराधे चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक काभ्रे घर भई सुर्यविनायक बस्ने ३३ वर्षे देवराज लामाको ज्यान गएको हो ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ८० प ८६९२ नंम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००६ ख ०३७९ नंम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते लामालाई उपचारका लागि मध्यपुर अस्पताल लगिएपनि उपचार हुन सकेन । प्रहरीले बस चालक ताथलीका २८ वर्षे प्रविन त्यातलाई नियन्त्रणमा लिएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु