सवारी दुर्घट्नामा डिउटीमा बसेका सईको मृत्यु


भक्तपुर । भक्तपुरमा सुरक्षा डिउटीमा बसेका एक प्रहरी नायव निरिक्षक (सई)को सवारी दुर्घट्नामा परेर ज्यान गएको छ । सोमवारी राती करिव साढे नौ वजे अरनिको राजमार्ग अन्तर्गत मध्यपुर ठिमी न.पा ४ नयाँ ठिमी चोकमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा ४ ख ४७०१ नं को टिफर र पछि पछि संगै आउदै गरेको बा ४ ख ४३१८ नं. को टिफरहरु एकैसाथ नयाँठिमी बालकुमारी चोकको बिचको रेलिङलाई हान्दै अनियन्त्रित भई अगाडी बढ्दै जाँदा डिउटीमा बसेका ती साईलाई ठक्कर दिएका थिए ।
ज्यान गुमाउँनेमा ईलाका प्रहरी कार्यालय रुकुमकोट पुर्वी रुकुम दरबन्दी भई हाल महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा कार्यरत निम बहादुर घर्ती रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ठक्करबाट  गम्भीर घाईते भएका उनलाई तत्काल महानगरीय प्रहरी बृत्त थिमिका डिएसपी ऋषिराम कडेलको टोलीले उपचारार्थ मध्यपुर ठिमी अस्पताल भक्तपुरमा प्राथमिक उपचार गराई टाउकोमा गम्भिर चोट लागेकोले थप उपचारका लागी नर्भिक अस्पताल थापाथली लगिएकोमा उपचारकै क्रममा बिहान मृत्यु भएको जनाइएको छ ।
 दुर्घटना गराउने दुबै सवारी साधन र दुबै चालकलाई नियन्त्रणमा लिई निजहरुको स्वास्थ्य परिक्षण गराउदा बा ४ ख ४३१८ नं.को टिफर चालक राकेश सैँजुले मादक पदार्थ सेवन गरेको पाईएको प्रहरीले जनाएको छ । पानी परी सडक भिजेको अवस्थामा लापरवाही तरिकाले तीब्र गतिमा सवारी साधन चलाएकोले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको र घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु