सोमवार थपिए २२६ कोरोना संक्रमित, कपिलवस्तुमा मात्र ३ सय बढी

भक्तपुर । सोमवार एकैदिन  दुई सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, मुलुकका बिभिन्न २० वटा ल्यावमा गरिउको परिक्षणका क्रममा २४ घण्टामा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमवार पुष्टि भएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै भएको मन्त्रालयका प्रबक्ता डा बिकास देवकोटाले बताउँनु भयो । पछिल्लो पटक ४० संक्रमित थपिएसंगै सबै भन्दा बढी कारोना प्रभावित जिल्ला  कपिलवस्तुमा मात्र ३ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार संक्रमित बढी देखिने जिल्लामा दैलेखका ४१, कपिलवस्तुका ४०, सर्लाहीका ३८, जुम्लाका १९, रौतहतका १८, कैलालीका १४ जना रहेका छन् ।  त्यसैगरी सल्यानका १०, दाङका ९, बाँके र  धनुषाका ७–७, सुर्खेत र सिरहाका ५–५, नवलपरासी पूर्वका ३, झापा र महोत्तरीका २–२ तथा मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरका एक–एक जनामा संक्रमण देखिएको छ ।
प्रबक्ता डा देवकोटाका अनुसार, क्वारेन्टाइनमा रहनेको संख्या बढेर १ लाख ३३ हजार ९ सय ७५ पुगेको छ । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ । सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ र पिसिआर विधिबाट ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् । कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख र बाजुराका एक–एक जना गरी ८ जनाको मृत्यु भएको छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु