नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुइ हजार ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या अहिलेसम्मकै बढी रहेको छ। यो अवधिमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै कोरोना संक्रमण मुक्त भएर घर फर्कनेको संख्या २ सय ६६ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५ जना कोरोनामुक्त भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु